पर्यटन

कपिलवस्तु मै नभएको शनिदेवको मूर्ति पाण्डेय दम्पतिवाट समर्पण



कपिलवस्तु १५ भदौ । कपिलवस्तु मै नभएको शनिदेवको मूर्ति एक दम्पतिले प्रकटेश्वर महादेव शिवालय पिपराकालागि समर्पण गर्न लागेका छन् । कपिलवस्तुको बाणगंगाका समाजसेवी एवम् शिक्षासेवी अरुण कुमार पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने भएका छन् । पाण्डेय दम्पत्तिले बाणगंगा २ पिपरा स्थित प्रकटेश्वर महादेव शिवालय पिपरामा शनिदेवको मूर्ति विधि विधानसहित पूजा आजा गरी भोली विहीबार सर्मपण गर्न लागेका हुन् ।

नेपाल भारत मैत्री समाजका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेय र श्रीमती लता पाण्डेय दम्पत्तिले संयुक्त रुपमा मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताए । पाण्डेयले आफ्नो धर्मप्रति रुची भएको र यस क्षेत्रमा शनी देवको मूर्ति नभएकोले पूजा आजाका लागि सहजता होस भन्ने उद्देश्य सहित र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण भएको आफ्नो बुझाई भएकाले शनिदेवको मूर्ति शिवालय मन्दिरमा समर्पर्ण गरेको बताए ।पाण्डेले सुपा देउराली बैजलपुर, दुर्गा मन्दिर कलौनीमा समेत दुर्गाको मूर्ति समर्पण गरी सकेका छन् । मन्दिर समितिका कृष्ण मुरारी ज्ञवालीले शनिदेवको मूर्ति शिवालय मन्दिरलाई समर्पण गर्नु अत्यन्तै स्रहाहनीय र प्रंसशनीय कार्य भएको बताए ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६