कपिलवस्तु १६ भदौ । पर्यटन क्षेत्रमा लगानी गर्न विदेशी दाता हतारिए पनि लुम्विनी प्रदेश सरकार नतातिदा र विभिन्न कानुनी अड्चन देखाउदा कपिलवस्तुको सुन्दर भविश्यमाथि ठूलो अवरोध हुन पुगेको छ । लुम्विनी प्रदेश सभाका सार्वजनिक लेखा समिती सभापति विष्णु पन्थीले मुख्य मन्त्री कुल प्रसाद केसीसंग विदेशी दाताले खिचेको फोटो शेयर गर्दै यस्तो खुलाशा गर्नु भएको हो । पन्थीले य। स्तो लेख्नु भएको छ । बाणगंगा नदि किनार दुबै तर्फ वडा नं ५,६,७ र ८ धनेसपुरमा कोरोना पुर्व हामी एउटा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने जहाँ लुम्बिनी आउने पर्यटकको १/२ दिन बसाइ लम्वाउने योजनामा काम गर्दै थियौ । त्यसको लागि बाणगंगा नगरपालिकाको स्वीकृति ,संघीय पर्यटन मंत्रालय बाट मास्टर प्लान ९केहि कामको डिओइआर समेत गरिसकेको ( बनाउने काम सम्पन्न भएको) थियो । स्रोतको जिम्मेवारी लिने दाताको समेत टुङ्गो लागेको थियोे ।
दुखको कुरा अहिले स्रोत जुटाउने संस्थाका प्रतिनिधिहरु चौथोपटक नेपाल आएर १ हप्ता बढी बस्दा पनि सामान्य समझदारी पत्रमा हस्ताक्षर गरेर पठाउन सकिएन । लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसी सहित अन्य अधिकोरी संग भेटघाट उत्साह पुर्बक कुराकानी तथा फोटो सम्म भयो । तर समक्षदारी पत्रमा सरकारकै कारण हस्ताक्षर भएन । दुनियामा अग्लो बुद्ध मुर्ति सहित विभिन्न स्थानका बुद्ध धामहरु एकैसाथमा राख्ने र त्यस वरिपरि पर्यटकले खाने बस्ने र रमाउने ठाउँ बनाउने यो भब्य योजना लुम्बिनी प्रदेशको पर्यटनमा कोशे ढुङ्गा हुने थियो । हाम्रा कानुनी अडचनले रोक्ने काम नगरुन ।
लगानी सम्मेलनको तयारी गर्ने यति ठुलो अनुदान र लगानी प्रति उदासिन नबनौ । बिदेशीहरुको दाताको ताकेताले म हैरान परे र यो लेख्दै छु । ताकेताको पछिल्लो सानो अंश पनि यसैमा छ । सभापति पन्थीले दाताका तर्फवाट समझदारी पत्रमा छिटो हस्ताक्षर हुनु परयो भनेको च्याट म्यासेजपनि शेयर गर्नु भएको छ । संगै पन्थीले डिपिआरको तस्बीर पनि शेयर गर्नु भएको छ।
प्रतिक्रिया