जीवनशैली

लुम्बिनी प्रादेशिक अस्पतालमा सुविधा थप, सेवाग्राही खुसी



रुपन्देही सैनामैना १६ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालमा सुविधाहरू थपिएको छ । अस्पतालको ४ वटा नयाँ भवन बनेसँगै सुविधा पनि थप भएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा आइसियु तथा मेडिकल वार्ड, प्रयोगशाला, अस्पताल प्रशासनिक भवन, क्याबिन, शल्यक्रिया तथा पोस्ट अप्रेटिभ कक्ष, एक्स रे विभाग थपिनुका साथै सुविधा सम्पन्न नयाँ भवनबाट सेवाग्राहीले सहजपुरमा सेवा लिन पाएको अस्पतालको भनाइ छ ।
एकसय १२ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल अहिले प्रदेश ५ कै सुविधा सुम्पन अस्पतालको रूपमा स्थापित भइरहेको छ । सो अस्पतालले २४ घण्टा विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । प्रदेश सरकारले गौरबको आयोजनाभित्र पारेको सो अस्पतालमा आउँदो मङ्सिर वाट थप सुविधा थपेर प्रभावकारी बनाउने जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट इन्द्र ढकालका अनुसार अस्पतालले बुटवलका विभिन्न सघं संस्थाको सहयोगमा बनेका भवनबाट विभिन्न सुविधा दिइरहेको छ । नयाँ भवन तयार भएपछि बर्थिङ सेन्टर, एन आइसियु, पि आइसियु, ओपिटि, एमसिएस, सेवा प्रवाह हुने अस्पतालले जनाएको छ ।
अस्पतालबाट गत आर्थिक वर्षमा तीन लाखभन्दा बढी बिरामीले सेवा लिएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ओपिडी र इमरजेन्सीमा २०७८ साउन देखि ७९ असारसम्म ३ लाख ४ हजार ७२५ जनाले सेवा लिएका छन् ।
त्यस्तै, सोही समयमा बीमा र इएचएस ओपिडीमा २ लाख ८७ हजार ६० जनाले सेवा लिनुभएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा नयाँ सुविधा थप भएपछि सेवाग्राही खुसी भएको जनाएका छन् ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६