कपिलवस्तु,१७ भदौ ।नेपाल बुद्धिजिवि परिषद् कपिलवस्तुले बाणगङ्गा नगर स्तरीय कमिटी गठन गरेको छ । शुक्रबार सिद्धार्थ क्याम्पसमा सम्पन्न बुद्धिजीवीहरुको भेलाले राम प्रसाद गिरीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा यादव पौडेल, सचिवमा षडानन्द गौतम र कोषाध्यक्षमा अनिमा जिसी चयन हुनुभएको छ । कमिटीको सदस्यमा कृष्ण प्रसाद घिमिरे, पुजा बस्याल, विष्णु प्रसाद आचार्य, विमलराज आचार्य, सन्तोष घिमिरे, सुदिप आचार्य र अनिता कडेल चयन हुनुभएको छ । नगर इनचार्ज इन्द्रमणि पाण्डेको अध्यक्षता सम्पन्न भएको उक्त भेलामा जिल्ला अध्यक्ष डिवि रेश्मी, उपाध्यक्ष राजकुमार अर्याल, जिल्ला सदस्य रमेश पौडेलको आतिथ्यता रहेको थियो ।
१७ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया