नेपालगञ्ज २२ भदौ । नेकपा एमाले बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नं। १ ले सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ ।
यसैगरी, बाँके क्षेत्र नं। २ मा मोहम्मद हारुन हल्वाई, शिव डोटेल, रवीन्द्र लम्साल, रचना श्रेष्ठ, पार्वती बोहरा र अक्रम अन्सारीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरेको छ । समानुपातिकका लागि जिल्ला कमिटीले नाम टुङ्ग्याउने भएकाले यस विषयमा छलफल भइरहेको एमाले बाँके सङ्गठन विभाग प्रमुख भीम ओलीले जानकारी दिनुभयो ।
२२ भाद्र २०७९, बुधबार








प्रतिक्रिया