जीवनशैली

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु



तम्घास २२ भदौ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० माधवराज खरेलले जानकारी दिनुभयो ।
मङ्गलवार बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेपछि दुई तल्ला माथिबाट खसेर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा गुल्मी अस्पताल, तम्घासमा मृत्यु भएको खरेलले बताउनु भयो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६