प्रदेश

यातनाले गुम्यो मानसिक सन्तुलन



नवलपरासी २२ भदौ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र बुद्धिलाल हरिजनले शिक्षकको निर्घात कुटाइबाट मानसिक सन्तुलन गुमाउनुभएको छ।
शिक्षकको बारम्बारको कुटाइबाट विद्यालय छोड्न बाध्य पारिएका हरिजनमा विद्यालय छाडेको एक वर्षपछि मानसिक असन्तुलनको समस्या देखिएको बुवा नर्मदे चमारले बताउनुभयो। बुवा नर्मदेका अनुसार छोरा बुद्धिलाल कक्षा १० मा पढ्दै गर्दा विद्यालयका प्रधानाध्यापक शशिभूषण पाण्डेद्वारा एक वर्षअघि निर्घात कुटिएका थिए। सो पिटाइबाट विद्यालय छोडेका बालकमा यति बेला मानसिक समस्या देखिएको दाबी उहाँको छ।
बालकलाई चमार, दलित भनेर सार्वजनिक रूपमा होच्याएर प्रधानाध्यापकले नै कुटपिट गरेपछि अन्य बालबालिकाले पनि उनलाई दलित भन्दै होच्याएका कारण विद्यालय जान छोडेको भनाइ आफन्तको छ।
त्यसैगरी सरावल गाउँपालिकाका–२, मनरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी टेकनारायण हरिजनलाई पनि शिक्षकले बन्द कोठाभित्र कुटपिट गरेको बताइएको छ।
परासीस्थित हिलेरियस चिल्डे«न एकेडमीमा गत साउनमा शिक्षकको कुटाइबाट १२ वर्षीय बालक निखिल कोहारको कानको जाली फुटेका कारण कानको शल्यक्रिया गर्नुपरेको थियो। यस जिल्लामा सञ्चालित विद्यालयका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट र चरम यातना दिएका यी केही नमुना घटना मात्र हुन्।
मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० जिल्ला प्रतिनिधि नारायण पराजुली अयोग्य शिक्षकले छात्रछात्रालाई निर्मम यातना दिने गरेको बताउनुहुन्छ। शिक्षा नियमावलीमा बालबालिकालाई कुटपिट गर्न नहुने, बालबालिकाको मानसिक विकासका लागि विद्यालयमा खेलाउँदै–सिकाउँदै गर्ने वातावरण सिर्जना गर्नुपर्ने भनिएको छ।
तर, यहाँका शिक्षक त्यसको ठीक उल्टो बाटोमा छन्। “कुट्ने, होच्याउने, यातना दिने र सकभर विद्यालय नै आउन नदिने वातावरण ल्याउन उद्यत छन्,” उहाँले भन्नुभयो।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६