प्रदेश

नेता थापाको नाम प्युठानबाट सिफारिस



प्युठान २२ भदौ । मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का पोलिटव्यूरो सदस्य सूर्य थापाको एकल नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला इन्चार्ज समेत रहनुभएका थापाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
झिमरुक गाउँपालिका –१ सौतामारे निवासी थापा पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्युठानमा दुवैतर्फ सर्वसम्मत एकल नाम सिफारीस गरिएको पार्टी अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन क्षेत्र क बाट निवर्तमान पार्टी अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश निर्वाचन क्षेत्र ख बाट प्रदेस सांसद हरि रिजालको एकल नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । प्युठानमा राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पौडेल यसअघि २०७४ को निर्वाचनमा बाम गठबन्धन एमाले, माओवादी, जनमोर्चा बाट विजयी हुनुभएको थियोे ।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्दराज पोख्रेल सहितको ७ जनाको नाम कांग्रेस प्युठानले सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले भने उम्मेदवार चयन गर्न सकेको छैन ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६