प्रदेश

चक्रपाणी खनाल (बलदेव) कपिलवस्तु क्षेत्र न. १ बाटै उठ्ने, हल्लाका पछी नलाग्न आग्रह




हरि घिमिरे, २४ भाद्र ।
आगामि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाका उमेद्वार छनोटकालागि दलहरुले सिफरीस गरिरहेका छन् । यसै क्रममा कपिलवस्तु क्षेत्र न.१ मा सिफारिस हुनुभएका चक्रपाणी खनाल (बलदेव) लाई अर्घाखाँचीले पनि प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । सोहि सन्दर्भमा चक्रपाणी खनाल (बलदेव)ले आफु गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र न. १ बाटै आफु प्रतिनिधीसभा चुनाव माहोमिने बताउनु भयो । उहाँले प्रेसपाटी संग भन्नु भयो “म कपिलवस्तु क्षेत्र न.१ को उमेद्वार हुँ, अर्घाखाँचिका साथिहरुले सिफारीस गर्नु भयो उहाँहरुलाई आभार व्यक्तगर्न चाहन्छु ।” साथै कपिलवस्तु बासिलाई हो हल्लाका पाछाडि नलाग्न उहाँले आग्रह गर्नु भयो । आफु कपिलवस्तु बासि भएकाले र अघिल्लो निर्वाचनमा पनि यसै कपिलवस्तु क्षेत्र न.१ बाट जितेको उमेद्वार भएकाले पनि आफुले यस क्षेत्र नछाड्ने उहाँले बताउनु भयो । साथै उहाँले आफ्नो प्राथमिकतामा कपिलवस्तु नै रहेको उहाँको भनाई छ । यता कपिलवस्तुले क्षेत्र न.१ बाट खनाल सहित तिन जनालाई सिफारीस गरेको छ । यद्यपि खनाल बाहयकका अन्य दुई जनाले पाटीले सिफरीस गरेता पनि आफुहरु चुनावमा नहोमिने सामाजिक सञ्जालमा लेखेका छन् । यसले पनि माओवादि केन्द्र बाट कपिलवस्तु क्षेत्र न. १ मा प्रतिनिधीसभामा खनाल एकल उमेद्वार रहेको बुझिएको छ । नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहेका बलदेव कपिलवस्तु –१ का प्रतिनिधिसभा सदस्य समेत हुन् ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६