प्रदेश

‘समाज रुपान्तरणमा सिद्धार्थको अहम भुमिका’ : जिल्ला समन्वय कपिलवस्तु प्रमुख आचार्य



कपिलवस्तु भाद्र २५ ।
समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रले खेलेको भुमिका महत्वपूर्ण रहेको जिल्ला समन्वय कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । सिद्धार्थ सामाजिक बिकास संस्थाले गरेको बार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । शिक्षा, स्वास्थ्य,रोजगार, कृषि लगायत समाजका हरेक क्षेत्रको उजागरण गदै समय र देशको माग अनुसार संस्थाले काम गरेको भन्दै आचार्यले प्रशंसा गर्नु भयो ।


यस्तै वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी थारुले समाज सँगै मानबिय जिवनमा परिवर्तन ल्याउन संस्थाले पुलको काम गरेको बताउनु भयो । सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु गरेको यात्राले आफुलाई यहाँ सम्म ल्याउन सहयोग गरेको बताउदै संस्थाले समाज परिवर्तनमा अग्रणी भुमिका खेलेको बताउनु भयो ।


नगरका प्रमुख प्रशसकिय अधिकृत खिमानन्द भुसालले सामाजिक सुशासन र समाजिक विकासको आयाममा संस्थाले गरेको प्रयास प्रशंसनिय रहेको बताउँदै आगामी दिनमा पनि संस्थाले यस्ता खालका कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।


यसैबिच सोही कार्यक्रममा बोल्दै मायादेवी गाँउपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र यादवले संस्थालेले पछाडी परेका व्यक्तिहरुलाई अगाडी ल्याउन मदत पुराएको बताउदै मायादेवी गाउँपालिकामा गरेको कार्यक्रमले समुदायमा स्तरमा सकरात्मक प्रभाव परेको बताउनु भयो । महिला अधिकारकर्मी पुष्पा रेग्मीले संस्थाले विशेष गरि महिला, बालबालिका तथा किशोर किशोरीहरुको नेतृत्व संगै व्यक्तित्व विकासमा जोड दिएको बताउनु भयो ।

संस्थाका सचिव हरिलाल शर्माले कार्यपत्र प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी दिनु भएको थियो र संस्थाले गरेको र गदै आईरहेको कामको बारेमा बताउनु भएको थियो ।


कार्यक्रम मार्फत सिद्धार्थ सामाजिक बिकास संस्थाको मातहतमा सन्चालित ५ वटा कार्यक्रमको बारेमा कार्यप्रगति प्रस्तुत गरिएको थियो । जसअन्तर्गत संस्थाको मातहतमा रही सन्चालित सिड्स कार्यक्रमको उदेश्य,कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा सोही परियोजनाका संयोजक आर।टी खानले प्रकाश पार्नुभएको थियो ।

सिड्स कार्यक्रम बिशेषगरी बाणगंगा नगरपालिकाको वडा नम्बर ३, १० र ११ गरि ३ वटा वडामा सन्चालन गरिएको संयोजक खानले बताउनुभयो । नगरका तिनवटा वडाका करिब १५ सय घरधुरि सो कार्यक्रम मार्फत लाभान्वित भएको बताउँदै कार्यक्रमको मुख्य उदेश्य गरिबी निवारण गर्नु रहेको उहाँले जानकारी दिनु भयो ।


यस्तै समुदायस्तरमा संचालित किशोर तथा किशोरी लक्षित रुपान्तरण कार्यक्रमका बारेमा सामाजिक परिचालक करुण बरुणले प्रकाश पार्नुभएको थियो । रुपान्तरण कार्यक्रमले पारेको प्रभाब क्षेत्र, उपलब्धी लगाएतका बारेमा बरुणले जानकारी गराउनुभएको थियो ।


त्यस्तै कोभिड १९ प्रतिकार्य कार्यक्रमको बिषयमा सो्रत ब्यक्ति नारायण घिमीरेले कार्यक्रमको समग्र अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । घिमीरेले कोभिड १९ को निणन्त्रणमा गरेका कामको बारेमा जानकारी गराउँदै यसका महत्वपुर्ण उपलब्धी बारे प्रकाश पार्नुभएको थियो भने युवा तथा किशोर किशोरी लक्षित गरएको कार्यक्रमको समग्र क्रियाकलापको बिषयमा रामनारायण शाहले अवगत गराउनु भएको थियो । यता स्थानिय अधिकार कार्यक्रम फोकल पर्सन दुर्गा अर्यालले शिक्षा , महिला अधिकार विपद व्यवस्थापन र आयआर्जन लगायतको क्षेत्रमा काम गरेको बताउनु भयो ।


लुम्बिनी प्रदेशमा कार्यक्षेत्र रहेको संस्थाले ८ करोड बराबरको बजेट सार्बजनिक गरेको थियो । संस्थामा १५० जना जनशक्ति संस्थामा आबद्ध रहेको पनि जानकारी गराईएको थियो । यता किशोरीहरुले संस्था एक हातमा संस्था र एक हातमा आफुहरुलाई लिएर हिडेको बताउदै नेतृत्व विकासमा जोड दिएको बताएका थिए । संस्थाले मधेसी समुदायका किशोरीहरुलाई जिवन परिर्वनमा ठुलो सहयोग गरेको बताएका थिए ।


कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, वडा नम्बर ३, १० र ११ का वडा अध्यक्ष, नगरका शिक्षा शाखा प्रमुख खिमबाहदुर जीसी, विभिन्न संघ संस्थाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधि लगाएत संस्थाका कर्मचारीको उपस्थिति रहेको थियो ।


बाणगंगाको ठाकुरापुरमा अवस्थित पिस हिमालयन रिसोर्टको सभाहलमा भएको कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षता, संस्थाका कार्यसमिति सदस्य चेतना अधिकारीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सिद्धार्थ सामाजिक विकास संस्थाका सचिब हरिलाल शर्माले गर्नु भएको थियो । २०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक सामाजिक सांस्कृतिक रुपमा पछाडी परेका वा पारिएका समुदाय गरिव, विपन्न, महिला, युवा, बालबालिका तथा सिमान्तकृत वर्गको अधिकार र चेतनाका लागि संगठन चेतना अभिवृद्धि र सशतिmकरण रुपान्तरणमा जोड दिएको छ ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६