कृषि

ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन हुँदै



गुल्मी २५ भदौ । गुल्मीको सत्यवती गाउँपालिका ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिनेभएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समुह सत्यवति गाउँपालिका ३ लाई कफी प्रशोधन उद्योग तथा मेसिनरी औजार हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई गुल्मीले मिश्रित कफी उत्पादक कृषक समुहलाई २३ लाख ५३ हजार तीन सय १६ रुपियाँको कफी प्रशोधन उद्योग निर्माण गरेको छ । कार्यालयको २० लाख र समुहको १५ प्रतिशत लगानीमा भवन निर्माण गरिएको छ ।
परियोजनाले कफी समुहलाई ६ लाख ९० हजार पर्ने एक थान हलर मेसिन प्रदान गरेको छ । जसमा परियोजनाको पाँच लाख ८३ हजार पाँच सय र समुहको एक लाख ३५ हजार खर्च भएको छ । त्यस्तै परियोजनाको ५३ हजार पाँच सय ५० र समुहको नांै हजार चार सय ५० गरेर ६३ हजारमा खरिद कफी पल्पर मेसिन समुहलाई हस्तान्तरण गरिएको छ ।
प्लाष्टिक पाउच सिलप्याक पनि समुहलाई प्रदान गरिएको छ । परियोजनाको तर्फबाट ४० हजार आठ सय र समुहको सात हजार दुई सय रुपियाँको लगानीमा मेसिन खरिद गरिएको छ । ठूलोलुम्पेकमा २०५८ बाट कफी खेतिको सुरुवात भएको थियो ।
व्यक्तिबिशेषले उत्पादन गर्दैआएको कफी अहिले समुहमार्फत व्यावसायिक हुन थालेको छ । समुहले तीन वटा कफीका नर्सरी निर्माण गरेका छन् । गाउँमा करिव डेढ सय रोपनी क्षेत्रफलमा १५ हजार कफीखेती रहेको छ । केहीले उत्पादन दिन थालेका छन् । केही बोट हुर्किदैगरेको अगुवा कृषक नरमाया रानाले बताउनुभयो ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६