हरि घिमिरे, २७ भाद्र ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु स्वास्थ्य एवं दुर्घटना विमा पोलिसि लिएर सदस्य विस्तारमा लागेको छ । आईतवार संघले विमा प्रदायक कम्पनी शिखर इन्स्योरेन्स कम्पनि प्रा.लि. संग सम्झौता गरेर अभियान मा लागेको हो । सम्झौता पत्रमा इन्स्योरेन्सका ब्रान्च मेनेजर भोजराज पौडेल र संघका अध्यक्ष तथा पदाधिकारीको उपस्थितीमा हस्ताक्षर गरिएको हो । “युवा स्वरोजगार,व्यबसायी समृद्धि तथा पर्यटन प्रबद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ होटल तथा पर्यटन ब्यबसाइ संघ कपिलवस्तुले सदस्यता विस्तारलाई तिव्रता दिने भएको छ । पहिलो पुर्ण बैठकको निणर्य अनुसार संघमा आबद्ध सदस्यहरुको स्वास्थ्य तथा दुर्घटना बिमा संघ मार्फत हुने भएको संघका अध्यक्ष रबिन्द्र पौडेलले बताउनु भयो । होटल तथा पर्यटन व्यवसायी संघ कपिलस्तुमा अधिकांश व्यवसायी हरुको आवद्धता रहने आफुले विश्वास लिएको अध्यक्ष पौडेलले बताउनु भयो । उहाँले होटल तथा पर्यटन व्यवसायी सम्पुर्णलाई यस संस्थामा आधिकारीक रुपमा छिटै आवद्धहुन आग्रह समेत गरेका गर्नु भयो । यस्तै आईतवार आफ्नै कार्यालयमा भएको कार्य समितिको बैठकले ७ सदस्यीय सल्लाहकार समिती मनोनीत गरेको छ । जसमा सल्लाहकार संयोजकमा पोमनारायण पौडेल, सदस्यहरुमा महादेव पोख्रेल , थानेस्वर अधिकारी ,दिनेश रायमाझी , बिरेन्द्र श्रेष्ठ , सुबास टन्डनलाई चयन गरेको छ । त्यस्तै कानुनी सल्लाहकार मा अधिवक्ता इस्वरराज न्यौपाने तथा प्रेस सल्लाहकारमा पिताम्बर घिमिरे (हरि)लाई मनोनित गरेको छ ।
२७ भाद्र २०७९, सोमबार
प्रतिक्रिया