जीवनशैली

३ दिने ‘अल्टिमेटम’ नटेर्नेलाई कारबाही गर्न अनकनाउँदै बुटवल उपमहानगर



बुटवल २७ भाद्र ।
निर्माण तथा पसलका सामग्री, वर्कसप तथा ठेला व्यापारीले भरिएको अस्तव्यस्थ फुटपाथ, सडकमै अव्यवस्थित पार्किङ र ठेलम–ठेल बजार, बुटवलको पुरानै व्यथा हो । बुटवल उपमहानगरले शुक्रबार भाद्र २४ गते ३ दिनको म्याद तोकेर सडक तथा पुटपाथ अधिकार क्षेत्रभित्रका सामग्रीहरु, ठेला व्यवसाय, वर्कसप तथा पार्किङ लगायत खाली गर्न सुचना जारी गरेपनि अवस्था भने उस्तै छ ।
उपमहानगरले उक्त सुचना जारी गरेसँगै काठमाण्डौं महानगरका बालेन शाहले अवैध संरचनामा डोजर चलाएर हटाउन थालेको अभियानसँग जोडेर प्रशंसा भयो । बुटवलमा शहरलाई व्यवस्थित बनाउनका लागि अवैध संरचना तथा बजारलाई व्यवस्थित गर्नका लागि उमहानगरले ‘एक्सन’मा जान लागेको भन्दै चर्चा गरेका छन् भने अर्को पक्षले बुटलको मुख्य सडक नै अस्तव्यस्त र बजार धुलाम्य भएको समस्यालाई छाडेर व्यापारीलाई दुःख दिन थालेको गुनासो गरेका छन् ।
बजार व्यवस्थित गर्नका लागि विगतमा समेत फुटपाथ तथा पार्किङ व्यवस्थापनका प्रयास भएका थिए । व्यवसायी तथा बुटवल उपमहानगरकै पहलमा भएका कतिपय प्रयासहरु दिर्घकालिन नहुँदा समस्या हुने गरेको स्वयम् व्यवसायीहरुले नै स्वीकार्ने गरेका छन् । पछिल्लो पटक बुटवल उपमहानगरले बजार ब्यवस्थित गर्न ३ दिने सूचना सार्वजनिक गरे पनि त्यसको कार्यान्वयन भने भएको देखिँदैन । सूचनाको समयावधि सकिएको अवस्थामा उपमहानगरले अब कसरी कघि बढ्छ बुटवलका जनता ‘रिजल्ट’को पर्खाईमा छन् ।
उपमहानगर भने अटेर गर्नेहरुलाई तत्काल कारबाही गर्न अनकनाइरहेको देखिन्छ । सडक क्षेत्राधिकार तथा फुटपाथ खाली गर्न गरिएको निर्देशन कार्यान्वयन नहुँदा पनि सान्त बस्नुे उपमहानगर अझै पनि पर्ख र हेरको स्थितीमा रहेको देखिन्छ । अब कसरी अघि बढ्ने भन्ने प्रश्नमा नगर प्रमुख खेलराज पाण्डेले सबै वडाहरुलाई परिपत्र गरी सोही अनुसार निर्णय हुने बताएका छन् ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६