प्रदेश

प्रहरी भन्छ–बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै हो




काठमाडौं, २८ भाद्र । तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ ।

सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानुनी कारबाही गर्ने व्यूरोका उपनिर्देशक तथा प्रवक्ता पशुपति कुमार रायले जानकारी दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले हल्ला चलेजस्तो वास्तविक सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

बालबालिका अपहरणका लागि समूह नै सक्रिय भएको भन्ने हल्ला चलेपछि केही विद्यालयले पनि अभिभावकलाई आफ्ना बालबालिकाको ख्याल गर्न सूचना पठाएका खबर पनि सार्वजनिक भएका थिए । तर त्यस्तो हल्लाको पछि नलाग्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६