प्रदेश

मन्त्री यादव जलवायु परिवर्तनसम्बन्धी बैठकमा सहभागी हुन सेनेगल प्रस्थान




काठमाडौं, २८ भाद्र । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देश समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गर्नुभएको छ ।

बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रस‌ंघीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्नुहुने छ ।

मन्त्री यादवको सचिवालयका अनुसार तीन दिन सञ्चालन हुने बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने तय भएको छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६