प्रदेश

युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नम्बर १ बाट सिफारिस



नेपालगञ्ज २९ भदौ ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नम्बर १ ले मन्त्री गहतराजलगायत ७ जनालाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो ।
मन्त्री गहतराज २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँसँगै बाँके क्षेत्र नं १ को प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरूमा अशोक रोकाया, प्रयत्न केसी, नरेश पौडेल, कृष्णा केसी, चन्द्रकान्त र नरेन्द्र न्यौपाने रहनुभएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विकले बताउनुभयो ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा गठबन्धनबाट क्षेत्र नम्बर १ माओवादीले, क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीले र क्षेत्र नम्बर ३ नेपाली काँग्रेसले पाउने सम्भावना प्रबल छ । क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाउने देखिएकाले नै उम्मेदवारका आकाङ्क्षीहरू पनि बढी देखिएका हुन् ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६