जीवनशैली

रुपन्देहीमा ७७० जना सम्पर्कविहीन, भेट्याउन मुस्किल



बुटवल २९ भाद्र । बुटवल उपमहानगरपालिका–७ सुख्खानगरका रिजन खनाल सम्पर्कविहीन भएको दुई साता भयो । बुटवलकै अक्सफोर्ट कलेजमा कक्षा १२ मा अध्ययनरत २० वर्षीय रिजन भदौ १४ गते साथीलाई भेट्न भनि घरबाट हिडेका थिए तर अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैन् । यी प्रतिनिधिमूलक पात्र मात्रै हुन् । रुपन्देहीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोराछोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि धेरै निवेदन आउने गरेको प्रहरी तथ्याङ्कले देखाउने गरेको छ ।
रुपन्देहीमा गत आर्थिक वर्ष २०७८र०७९ मा ७७० जना व्यक्ति सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा महिलाको संख्या धेरै रहेको छ । गत आर्थिक वर्षमा जिल्लामा ३७८ महिला, १०६ पुरुष, ५२ बालक, १९८ जना बालिका, ७ जना जेष्ठ नागरिक महिला र २९ जना जेष्ठ नागरिक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
हराएका मध्ये ६६२ जना भेटिएको प्रहरी प्रवक्ता अर्यालले बताए । भेटिनेमा ३३८ जना महिला, ८५ जना पुरुष, ४८ बालक, १७९ बालिका, ७ जेष्ठ नागरिक महिला, १५ जना जेष्ठ नागरिक पुरुष रहेको छन् । बाँकी १०८ जना भने अहिलेसम्म भेटिएका छैन् । यस्तै सोहि अवधीमा जिल्लामा ११ जना बेवारिसे ९आफ्नो घर ठेगाना थाहा नभएका० व्यक्ति भेटिए ।
यस्तै आर्थिक वर्ष २०७९र८० को साउन मसान्तसम्ममा ७७ जना सम्पर्कविहीन भएका छन् । यसरी सम्पर्क विहीन हुनेमा महिलाको संख्या नै बढी देखिएको छ । आर्थिक वर्ष २०७९र८० को साउन मसान्तसम्म जिल्लामा ३८ जना महिला, १३ जना पुरुष, ४ जना बालक, १७ जना बालिका, १ जना जेष्ठ नागरिक महिला र ४ जना जेष्ठ नागरिक पुरुष रहेको प्रहरी प्रवक्ता अर्यालले बताए । यस्तै सम्पर्कविहीन भएका मध्ये २३ जना सम्पर्कमा आएका छन् । भेटिनेमा १५ जना महिला, १ जना पुरुष, १ जना बालक, ४ जना बालिका र २ जना जेष्ठ नागरिक पुरुष रहेका छन् । बाँकी ५४ जना भने अहिलेसम्म नभेटिएका छैन् ।
मान्छेमा मानसिक रोग र बृद्धबृृद्धाहरुमा स्मरण शक्ति कम हुने डिमेनसिया रोगका कारणले मान्छे आफैँ एक ठाउँमा जान्छु भन्दा अर्को ठाउँमा जाने हुँदा सम्पर्कविहीन हुने मनोरोग विशेषज्ञ डा।विक्रम काफ्ले बताउँछन् । ‘मानसिक रोगको कारणले गर्दा कहिले काही मान्छे सम्पर्कविहीन हुने गर्छन् । किनभने मानसिक रोगमा मान्छे आफैँमा टोलाउने, बेसुरे भएर हिड्ने गर्दा घरबाट छुटेर अन्तै पुगिराखेको हुन सक्छ ।’–डा। काफ्लेले भने ।
साथै बृद्धहरुमा स्मरण शक्ति कम हुने र स्मरण शक्ति कम हुँदा बृद्धबृद्धाहरु सम्पर्कविहीन हुने गरेको उनी बताउँछन् । ‘बृद्धहरुमा स्मरण शक्ति कम हुन्छ । स्मरण शक्ति कम हुनुलाई डिमेनसिया भनिन्छ । यो रोगमा पनि कहिले काहि घरबाट निस्की सकेपछि आफ्नो घर कता हो जाने बाटो कता हो । भन्ने कुराको ख्याल हुँदैन् । आफूले आफ्नो नजिकको नातेदारलाई पनि चिन्ने हुँदैन् । यसकारणले गर्दा यस्तो रोग भएका मान्छे कहिलेकाही घरबाट निस्के पछि घर नआउन सक्छ ।’–उनले भने।
यसलाई रोक्नका लागि समयमै मानसिक रोगलाई पहिचान गरेर राम्रोसँग उपचार गर्नु पर्ने, बृद्धबृद्धाहरुमा भुल्ने विमार छ घरमा राम्रोसँग रेखदेख गर्नु पर्ने र घरमा बालबालिकालाई धेरै दबाब दिन नहुने मनोरोग विशेषज्ञ डा। काफ्लेको सुझाव छ । साथै घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्ध, साथीहरुको लहलै लहका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्याल बताउँछन् ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६