खोज–अनुसन्धान

अस्पतालमा ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक




नेपालगञ्ज २९ भदौ । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ । १० बजेभित्र कार्यालयमा उपस्थित नहुनेलाई छिर्न नदिने र अस्पताल समयमा बाहिर जान खोज्नेलाई जान नदिने नियम बनाएर सोही बमोजिम गर्न सुरक्षा गार्डलाई निर्देशन दिएको छ ।अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लले भदौ २७ को समितिको बैठकबाट निर्णय गरी सूचना टाँस गरेर समयमै कार्यालय नआउने कर्मचारीलाई रोक्न गार्डलाई निर्देशन दिएको बताउनुभयो ।
बिहान १० बजेपछि आउने जुनसुकै चिकित्सकलाई गेटभित्र पस्न नपाउने निर्णय गरेको जनाउँदै उहाँले सो बारेमा अस्पतालका सबै चिकित्सक र कर्मचारीलाई जानकारी गराइसकेको बताउनुभयो । जतिबेला मन लागे अस्पतालमा आउने र मन लागेको बेला बाहिर निस्कने काम अब गर्न नपाइने अस्पताल विकास समितिले जनाएको छ ।भदौ २३ गते अस्पताल विकास समितिमा पदबहाल गर्नुभएका अध्यक्ष मल्लले पाँच दिनभित्र यस्तो नियम बनाएर अस्पताल सुधारको थालनी गरेको जानकारी दिनुभयो । सोही बमोजिम ढिला आउने केही चिकित्सक र कर्मचारीलाई गेटबाटै फर्काइएको छ । ढिला आउने सो अस्पतालका चिकित्सक डा. प्रवीण गुप्ताले १० मिनेट ढिला आउँदा आफूमाथि गार्डले दुर्व्यवहार गरेको बताउनुभयो ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६