प्रदेश

भारत पुर्‍याइएका १६ बालकको उद्धार



पशुपति गिरी
कपिलवस्तु,३०भदौ । जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनः स्थापना गृह नेपाल, देहरादुनस्थित हेल्प क्रस संस्था र इलाका प्रहरी कार्यलय कृष्णनगरको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुर्नस्थापना गृहको प्रमुख बसन्ती जि.सिले जानकारी दिनुभयो ।शान्ति पुर्नस्थापना गृहको प्रमुख जि.सिका अनुसार उद्धार गरिएका १६ जना बालकहरुमध्ये १० जना नुवाकोटका , ५ जना रसुवाका र एक जना कैलाली लगायतका जिल्लाबाट १५जना ४ बर्ष देखि १२ वर्षमुनकिा र एकजना १६ बर्षका ती बालकहरूलाई लामा (बौद्ध धर्म) अध्ययन गर्न भनी वयस्कले भारतको करनाटक लैजाने प्रयास गरेका थिए ।

शान्ति पुर्नस्थापना गृहको केन्द्रिय कार्यलयले जिल्ला प्रहरीको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको प्रमुख जि.सीको भनाइ छ ।उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताउनु भएको छ । ति बालकहरुमा १५ जना तामाङ र एक जना थापा मगर रहेका छन्। उनीहरुलाई अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरूलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६