प्रदेश

छिमेकीसँग सम्बन्ध राखेको थाहा पाएपछि श्रीमान‍को हत्या



बुटवल, ३० भाद्र। रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । छिमेकी पुरुषसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् ।

थारुको छिमेकी ५२ वर्षको फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । उनले घटनबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६