प्रदेश

पहिरो खसेपछि गोरुसिङ्गे–सन्धिखर्क सडक बन्द



अर्घाखाँची, ३१ भाद्र । अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पहिरो गएपछि गोरुसिङ्गे–सन्धिखर्क सडक आज बिहानदेखि बन्द भएको छ ।

नरपानीको दहखोला नजिकै सडकमाथिबाट पहिरो खसेको छ । पहिरोले सडक बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिनुभयो । सडक बन्द हुँदा सन्धिखर्कबाट छुट्ने तथा बाहिरबाट सन्धिखर्क भित्रिने गाडी तथा यात्रु बीचबाटोमै रोकिएका छन् ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६