प्रदेश

जबरालाई बयानमा हस्ताक्षर गराउने तयारीः पूरक प्रश्न नसोधिने



काठमाण्डौ, ३१ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ ।

आजको बैठकमा उहाँसँग पूरक प्रश्न नसोधिने भएको छ । यसअघि हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो ।

समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले बयानमा केन्द्रित रहेर प्रतिवेदन लेख्ने काम गरिरहेको जानकारी दिनुभयो । सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा पेस गरिने समिति सचिव गौतमले जानकारी दिनुभएको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६