प्रदेश

२०७४ सालको समानुपातिकको बन्दसूची भोलिदेखि खारेज हुने



काठमाण्डौ, ३१ भाद्र । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि असोज १ गतेदेखि खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभएको हो ।

आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची आउँदो आइतवार र सोमवार बुझाउने कार्यतालिका छ । २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई अबको बन्दसूचीमा राख्न मिल्ने कि नमिल्ने भन्नेबारे बहस भइरहँदा यसबारे आयोगले प्रष्ट पारेको हो ।

पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भएकाले प्रतिनिधि सभा भोलिदेखि नै अन्त्य गर्ने तयारी पनि भइरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६