काठमाडौँ, ३१ भदौ ःनेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।
३१ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया