प्रदेश

रुपन्देहीमा बिपद पत्रकारिता तालिम सुरु



बुटवल १ असोज ।
बिपदको समयमा सञ्चार माध्यम र पत्रकारले गर्ने रिपोर्टिङमा अझै निखारता ल्याउनको लागि रुपन्देहीमा २ दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ। आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको आयोजनामा शुक्रवारबाट लुम्बिनी प्रदेशका पत्रकारहरूलाई रुपन्देहीको तिलोत्तमामा तालिम प्रदान शुरु गरिएको हो।
तालिमको शुभारम्भ गर्दै आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सञ्चार क्षेत्र संबेदनसिल रहेको बताउदै बिपदको समयमा समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नु भयो । उहाँले सहि सुचना प्रदान नगरेमा दुर्घटना नित्मत सक्ने बताउदै सत्यतथ्य खोज्दै ध्यानआकर्षण गर्दै सम्बन्धि ठाउँमा पुर्याउन आग्रह गर्नु भएको छ ।।उहाँले लुम्बिनी प्रदेश सरकारले बिपत ब्यवस्थापनको क्षेत्रमा राम्रा कामहरु गरेको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले सत्य र तथ्य सुचना सम्प्रेषण गर्नु पत्रकारको धर्म भएको बताउदै बिपदको बेलामा ठूलो भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव दामोदर भण्डारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का,युनिसेफका प्रतिनिधि शंकर पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिह बिक लगायतले बिपदमा सञ्चारकर्मीको भुमिका र गरिने पत्रकारिताको भुमिकाको बारेमा बोल्नु भएको थियो ।
तालिमको समन्वय युएनडिपी,युनिसेफ,युएनवुमेन र रेडक्रस सोसाइटीले गरेका हुन। तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ। तालिममा पत्रकार रुपेश श्रेष्ठ,मौसमबिद बिष्णु घिमिरे,प्रकाश ज्ञवाली लगायतले प्रशिक्षण दिनु भएको छ । तालिम असोज १ गते शनिबार समापन हुनेछ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६