प्रदेश

अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता




काठमाण्डौ, ०१ असोज । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।

अहिले बेपत्ताको खोजी थालिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६