जीवनशैली

अछाम पहिरो अपडेट : १४ जनाको ज्यान गयो, ९ जना बेपत्ता, १३ जना घाइते



काठमाण्डौ १ असोज अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् ।
अरु १३ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारको काम भइरहेको छ ।
घाइतेहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । कमलबजार नगरपालिका वडा नम्बर– ६ मा पहिरोमा परि घाइते भएका ६ जनालाई उद्धार गरेर जिल्ला अस्पताल अछाममा उपचार थालिएको छ । गृहमन्त्री बालकृष्ण खाणले अछाममा पहिरो परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको छ ।
उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६