कपिलवस्तु २ असोज । कृषिज्ञान केन्द्र कपिलवस्तुले राखेको गत आवको प्रगतीको समीक्षा एवम चालु आवको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रस्तुत गरेको विवरण अनुसार गत आवमा विनियोजित कुल वजेटको ५० प्रतिशत अर्थात ६ करोड वजेट फ्रिज भएको पाइएको छ । कार्यलय प्रमुख डा. रबिन्द्र चाबैले गत बर्ष ढिलागरी बजेट आएको र बिबिध कारणले गत बर्ष आधा जति बजेट फ्रिज भएको बताए । गत आर्थिक बर्ष १२ करोड ४१ लाख ४३ हजार बिनियोजित भएकोमा ६ करोड २९ लाख २३ हजार रुपैया मात्र खर्च हुन सकेको उनले बताए । गत बर्ष ६ करोड बढी रकम फ्रिज भएको चौबेले खुलाए । चालु आर्थिक बर्ष ६ करोड ९३ लाख १८ हजार रकम बिनियोजन भएको छ । प्रमुख चौबेले गत वर्ष खर्च हुन नसकेकोले चालु आर्थिक बर्ष आधा बजेट घटेर आएकोले समस्या भएको बताए ।
उनले गत बर्ष र चालु आर्थिक बर्षको कार्यक्रम र बजेट बारे प्रस्तुती गरेका थिए । सो अवसरमा पुर्व मन्त्री तथा निबर्तमान सांसद बृजेश कुमार गुप्ताले गत बर्ष १३ करोड बिनियोजित भए पनि आधा बढी रकम फ्रिज हुनु दुःखदायी कुरा भएको बताए । यसरी ठूलो रकम फ्रिज गराउने चौवेलाई नैतिक रुपमा कपिलवस्तुमा बस्ने हैसियत नहुनु पर्ने हो तर नेपालमा यस्तै विडम्वना छ सांसद गुप्ताले भने। कार्यक्रममा पुर्व मन्त्री तथा लुम्बिनी प्रदेशका निबर्तमान प्रदेश सांसद धरम बहादुरलाल श्रीवास्तवले पहुचवाला भन्दा वास्तविक कृषकले अनुदान पाउनु पर्ने स्पष् ट पारे । उनले पालिका वडा, कृषि ज्ञान केन्द्र प्रदेश र संघले एक आपसमा समन्वय गरी कार्यक्रम अघि लानु पर्ने बताए ।
यता कपिलवस्तुका वास्तविक कृषक सरकारी अनुदानबाट बंचित रहदै आएको गुनासो समेत सो गरिएको छ । कृषि ज्ञान केन्दले तौलिहवामा राखेको चालु आर्थिक बर्ष २०७९/०८० मा संचालन हुने कार्यक्रमहरुको सार्वजनिकीरण तथा गत बर्षको समिक्षा कार्यक्रममा शुद्धाधदन गाउपालिकाका अध्यक्ष कमलेशरण शरण चौधरीले सो गुनासो राखेको हुन ।शुुद्धोधन गाउपालिकामा आफनो सय हेक्टर बढी क्षेत्रको माछा पोखरी रहेको र त्यहा अनुदानकालागि प्रदेशको कृषि मन्त्रालयबाट टिम आएका उनले बताए । उनीहरु कै सुझाव अनुसार बिभिन्न कागजात र प्रकृया पुरा गरी आवबेदन दिए पनि कुनै अनुदान पाउन नसकेको उनले बताए ।
े बुद्धुभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले ज्ञान केन्द्रले पालिकाहरुसंग कुनै समन्वय नगर्दा यस्तो अवस्था आएको लावि गरे । उनले कार्यलय प्रमुखको नियत सही र जवाफदेहित उच्च हुनेहो भने वजेट फ्रिज नहुने भन्दै यी दुबै कुराको अभाव डा. चौवेमा रहेको औल्याए । आगामी दिनमा ज्ञान केन्द्रले पालिकाहरुसंग समन्वय र सहकार्य गर्न आग्रह गरे । सो अवसरमा बुद्धुभुमी नगरपालिका कृषि शाखाका प्रमुख देबीराम बेल्बासेले अनुदान लिने कृषकलाई झन्झटीलो प्रकृयाले गाहूो परेको बताए । ज्ञान केन्द्रका प्रमुख चौबेका अध्यक्षता र कृषि अर्थ बिज्ञ शिवपुजन गुप्ताको संचालनमा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्र पाणी अर्याल, जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मी, यशोधरा गाउपालिका अध्यक्ष शिवदयाल तिवारी प्रजिअ धर्मेन्द्र कुमार मिश्र लगायतको सहभागीता थियो ।
प्रतिक्रिया