अर्थ-वाणिज्य

प्रदेशस्तरीय बिज्ञान प्रयोगशाला बन्दै,चालुआवमा १० करोड विनियोजन




रुपन्देही २ असोज । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा छपियास्थित पब्लिक माविमा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुन लागेको हो । संग्रालयको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खानले शिलान्यास गर्नुभएको छ । १६ करोडको लागतमा निर्माण हुन लागेको संग्रालयका लागि यस वर्ष १० करोड विनियोजन गरिएको शिक्षामन्त्री खानले जानकारी दिए । बहुवर्षे योजनाको रुपमा अगाडि बढाइएको सो योजनाको काम केही दिनभित्रै सुरु गरिने मन्त्री खानले जानकारी दिए । उनले प्रदेश सरकारसँग सिमित स्रोतको कारण आयोजनालाई बहुवर्षीय बनाइएको उल्लेख गर्दै तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने बताए ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले प्रादेशिक विज्ञान संग्रालयले सियारीलाई शैक्षिक हबको रुपमा विकास गर्न टेवा पु¥याउने बताए । उनले संग्रालय निर्माण पछि सियारीलाई पर्यटकिय केन्द्रको रुपमा समेत विकास हुने उल्लेख गर्दे समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे । पहिलो वर्ष संग्रालय भवन निर्माणको सम्पन्न हुने गरी काम अगाडि बढाइको मन्त्रालयले जनाएको छ । विज्ञान संग्रालय निर्माण भएपछि शिक्षक, विद्यार्थी तथा विज्ञान विषयका अन्वेषकलाई विज्ञानको इतिहास, विज्ञानका पुरानादेखि नयाँ नयाँ आविष्कारको अध्ययन अवलोकन गर्न सकिने छ ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६