दाङ ३ असोज । एमालेका महासचिव शंकर पोखरेलसंग प्रतिस्पर्धा गर्ने ठानिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण वहादुर महरा समानुपातिकमा बसेका छन् ।उनले आफैलाई हुर्काएका नेतालाई फिल्ड छाडेको वताएकाछन् । तर पोखरेलसंगको प्रतिस्पर्धा अलि जटिल हुने ठानेरै महरा साइड लागेको राजनैतिक बृत्तमा बिष्लेषण गरिएको छ । त्यसोत अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै चुनाव नहार्ने थोरै नेतामध्येमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पनि पर्छन् । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भए ।
महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए । यसपटक भने उनी माओवादी केन्द्रको समानुपातिक पद्धतितर्फको उम्मेदवारको सूचीमा परेका छन् ।४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनी आफैंले समानुपातिक पद्धति रोजे । अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले हुर्काएका नेतालाई अवसर दिन समानुपातिकमा बसेको बताए ।
प्रतिक्रिया