कपिलवस्तु ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि परिवर्तनकारी शक्तिको हक लाग्छ भने माओवादीको सबै भन्दा बढी लाग्ने बताएका छन् । ।लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यकालमा नमूना कार्य गरेको बताउँदै उनले त्यसको प्रचार भने पर्याप्त हुन नसकेको बताए । उनले लुम्बिनी प्रदेशका गौरवका आयोजनाका काम जारी रहेको बताए ।
लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै मुख्यमन्त्री केसीले नेपालको संविधान २०७२ बलिदानबाट प्राप्त भएको भन्दै त्यसमा परिवर्तनकारी शक्तिको हक लाग्ने उल्लेख गरे । परिवर्तनकामी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले उनै शहीदहरुको बलिदानबाट संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गरे ।कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु लगायत मन्त्रीहरु, प्रमुख सचिव, सचिव लगायतको सहभागिता थियो ।
३ आश्विन २०७९, सोमबार
प्रतिक्रिया