प्रदेश

डेङ्गु हुँदा मेवाको पातको रस खाने की नखाने ?




काठमाडौं, ०४ असोज । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुनले डेङ्गुको सङ्क्रमण घरघरमा पुग्दा समेत सरकारी पक्षबाट कुनै पहल नभएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

कोरोना भाइरसले भन्दा बढी गलाउने यस रोगबाट दैनिक हजारौँ मानिस विरामी हुँदाँ समेत सरकारका कुनै पनि निकायले यस बारेमा पर्याप्त चासो नराखेको देख्दा आफू अचम्मित भएको उहाँको भनाई थियो । उहाँले धेरै पहिलेदेखि सतर्कता अपनाउन सुझाव दिईरहेपनि वेवास्ता गरिएकाले अहिले देशभरी फैलिएको बताउनु भयो ।

“देशमा बेला बेलामा विभिन्न रोगका महामारी फैलिन्छन, त्यति बेला सरकारी निकायहरुले आ आफ्नो भूमिका खेलेका हुन्छन, तर अहिले जस्तो वेवास्ता मैले अहिलेसम्म देखेको थिईन,” उहाँले भन्नुभयो ।

परिवारका एक पछि अर्को मान्छे विरामी भएको र कम्तीमा १० दिन सिकिस्त विरामी गराउने गरेको, कतिपयको मृत्यु समेत भएको अवस्थामा सरोकारवाला सबै निकायले डेङ्गु थप फैलिन नदिन तत्काल सक्रिय हुन उहाँले आग्रह गर्नुभयो ।

घरसँगै कार्यालय र विद्यालयहरुमा पनि लामखुट्टे मार्ने अभियान युद्धस्तरमा चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय विद्यालयमा डेङ्गु फैलिएको र विद्यार्थीहरु धमाधम विरामी पर्न थालेको जानकारी दिदै उहाँले विद्यार्थीबाट पनि घर घरमा डेङ्गु छिरेको बताउनु भयो ।

लामखुट्टेले काममा भएको बेलामा दिउसोमा पनि टोक्ने विषयमा धेरैको ध्यान नगएको डा पुनले बताउनु भयो । उहाँले डेङ्गु हुँदा मेवाको पातको रस खाने बारेमा आफूलाई जानकारी नभएको बताउनु भयो । बरु मेवाको पातको रस खाएर वेहोस भएका घटना आफूले थाहा पाएको जानकारी दिनुभयो डा. पुनले डेङ्गु हुँदा मेवाको पातको रस खाने कुरा बैज्ञानिक रुपमा पुष्टि नभएको स्पष्ट पार्नुभयो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६