खोज–अनुसन्धान

शितगंगाको वार्षिक समिक्षा :९० प्रतिशत प्रगती भएको विवरण प्रस्तुत




अराज बेल्बासे
अर्घाखाँची ४ असोज । शितगंगा नगरपालिकाको आर्थिक बर्ष २०७८/७९को बार्षिक प्रगति समिक्षा सम्पन्न भएको छ । गत आर्थिक बर्षमा सम्मपन भएका योजनाको नगरपालिकाले बिभिन्न राजनितिक दल संघ सस्था जनप्रतिनिधी लगायतको उपस्थितिमा समिक्षा सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा शितगंगा नगरपालिकाका शाखा गत रुपमा शाखा प्रमुख हरुले प्रगति बिवरण प्रस्तुत गरेका थिए ।शितगंगा नगरपालिकामा गत बर्ष बित्तिय समानिकरण ,राजश्व बाडफाड ,स–शर्त अनुदान ,सामाजिक सुरक्षा ,आन्तरिक श्रोत लगायत बाट ७८ करोड ४७ लाख बराबरको बजेटप्राप्त भएकोमा नगरपालिकाले ७७ करोड ११ लाख ९८ हजार खर्च गरेको छ । गत बर्षचालु तर्फ ९० प्रतिशत र पुजगत तर्फ ८४ प्रतिशत प्रगति भएको योजना शाखा प्रमुख नुमलाल खनालले प्रस्तुत गर्नु भयो ।
गत आर्थिक बर्षमा कुल ८०४ योजना सम्पन्न भएका छन । जसमा १ लाख सम्मका ४१५, एक लाख देखि ५ लाख सम्मका ३१२ ,पाँच लाख देखि १० लाख सम्मका ५३ ,दश लाख माथीका २४ योजना सम्पन्न भएका छन ।गत बर्ष १३ करोठ ७० लाख १३ हजार बेरुजु रहेको र जस्मा पेश्कि ५ करोड २१ लाख ६० हजार अशुल गर्नु पर्ने ७९ लाख ५३ हजार नियमित गर्नु पर्ने ५ करोड ६५ लाख १ हजार र अज्य बेरुजु २ करोड ३९ लाख ८ हजार बेरुजु रहेको पाइएको छ । बेरुजु मध्ये जिबिस हुँदका श्रेष्ताहरुलेखा परिक्षण हुन नसक्दा बढी देखिएको र यो बर्ष घटाउने तयारी रहेको बताइएको छ ।सामाजिक सुरक्षाभत्ता तर्फ ४८४ जेष्ठ नागरिकलाई १ करोड ५४ लाख ४९हजार बितरण गरिएको छ यस्तै सम्पुर्ण सामाजिक सुरक्षभत्ता प्राप्त गर्ने ४७७८ जनालाई गत बर्ष १६ करोड ९६ लाख ३४ हजार रकम बितरण गरिएको छ । यस्तै न्यायिक समितिले हाल सम्म रितपुर्वक आएका १६उजुरी लिएको छ जसमा १२ समितिले मेलमिलाप गराएर पठाएको छ २ वटा अदालतमा पुगेका छन भने २वटा फर्छौट हुन बाँकी रहेका छन ।
शिक्षा शाखाबाट शाखा प्रमुख बिनोद पोख्रेल,सहकारी शाखाबाट नागेन्द्र नेपालले स्वास्थ शाखा तर्फ दामोदर ढकालले कृषित तर्फ अनिल शर्मा, पशु बिकास शाखाबाट गणेश थापा, प्रधानमन्त्री रोजगार शाखाबाट नरमाया सुबेदी राजश्व शाखा बाट कमल पन्थीले बार्षिक प्रगति बिबरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष मणि अधिकारीले प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भइरहेको गुनासो गर्नु भयो । नगरपालिकाको ५ बर्षे कार्यकालमा नगरबासीको अबस्थामा कुनै परिर्वतनको महसुस गर्न नसकेको बताउनु भयो नेपाली काग्रेशका सभापति मोहन पन्थीले नगरपालिकाले ५ बर्षमा सन्तोस जनक काम गरेको बताउनु भयो । नेकपा एमालेका प्रदेश सदस्य काशी आर्चयले नगरपालिकाले बिकासमा चाँसो नदिएको आरोप लगाउनु भयो । नगरपालिकाले ५ बर्षमा सडकका अबस्था जहाको त्यही रहेको गुनासो गर्नु भयो । नगरपालिकामा घरको छानो मुत्त गर्ने काममा समेत बजेट सदुपयोग गर्न नसककेको बताउनु भयो । नगरपालिकाले प्रशस्त रुपमै आम्दानी गर्ने बाटो हुँदा पनि नगरपालिकाले गम्भिर चाँसो नदिएको गुनासो गर्नु भयो ।
यस्तै मालेका जिल्ला सचिव केदार बेल्बासेले गत बर्षहरुमा भएको समिक्षामा उठेका सुभावहरु समावेस नगरिएको भन्दै नया जनप्रतिनिधीहरुले पनि त्यहरु सिखो गर्ने भए यस्ता कार्यक्रमको अर्थ नहुने बताउनु भयो । कार्यक्रममा राप्रपा , एकिकृत समाजबादी तथा बिभिन्न सस्थाबाट सहभागी भएका प्रतिनिधीले बिभिन्न सुझाव समेत पेस गरेका थिए ।यस्तै नगर उपप्रमुख गिता भाटले शितगंगा नगरपालिकाले आगामी बर्षहरुमा गर्ने काममा सबैको सुझावको माग गर्नु भयो । शितगंगा नगरपालिकाले गत बर्षहरुमा भन्दा फरक तरिकाले बजेट बिनियोजनन गरेको बताउदै कमजोरी भएका ठाउमा सबैले सझव दिनु पर्ने बताउनु भयो
कार्यक्रम पुर्वनगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगरपालिकाको भौगोलिक बिकटताले बिकासमा उल्लेखनिय प्रगति हुन नसकेको बताउनु भयो ।

नगरपालिकाले हरेक योजना सर्वसहमतिमै पास गर्ने भएकोले आबश्यकता अनुसार योजनाहरु निमार्ण गरेको बताउनु भयो । नगरले अघि सारेका राम्रा कामलाई पनि प्राथमिकता नदिने गरेको भन्दै राम्रा कामको निरन्तरता दिन अनुरोध गर्नु भयो ।यस्तै नगर प्रमुख छबिलाल पौडेलले सबैको सुझावमा नगरपालिकाले बिकासका काम गर्न तयार रहेकोले हरेक सकारात्कम सुझाबको नगरपालिकाले सधै अपेक्षा गरिरहने बताउनु भयो । कार्यक्रममा योजना शाखा प्रमुख नुमलाल खनालको सञ्चालन र प्रमुख प्रशासकिय अधिकृतले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६