खोज–अनुसन्धान

रुपन्देहीमा जरिवानावाट बचे एक प्रमुख : अरु सबै १५ पालिका प्रमुखलाई जरिवाना




बुटवल ५ असोज । चुनावी खर्च विवरण समयमा नबुझाएपछि बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुखले जरिवाना तिर्नुपर्न भएको छ ।निर्वाचन आयोगले समयसिमा भित्र चुनावी खर्च विवरण नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका मेयर फणेन्द्र शर्मा, सिद्धार्थनगर नगरपालिका इश्तियाक अहमद खाँ, देवदह नगरपालिका मेयर धुव्र प्रसाल खरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ । यस्तै ओमसतिया गाउँपालिका, कंचन गाउँपालिका, कोटहीमाई गाउँपलिका, गैहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिकाका अध्यक्षलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
रुपन्देहीका ५ नगरपालिका मध्ये तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले मात्रै समयसिमा भित्रमा निर्वाचन खर्च विवरण बुझाएका थिए । खाँणका निकट प्रतिद्धदी मोहन चापागाईलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने छ र सो समय भित्र जरिवाना नतिरे उनीहरुको पद जाने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ। निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ । समयसिमा भित्रमा ८ हजार ६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६