प्रदेश

दुर्घटना रोक्न चाडपर्वलक्षित अभियान सुरु



नेपालगञ्ज ५ असोज ।
नजिकिँदै गरेको दशैं–तिहार लगायतका चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी बाँकेले दैनिक चेकजाँचलाई तीव्र पारेको छ । जिल्लामा दुर्घटना हुन नदिन बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता जाँच लगायतमा ध्यान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले बताउनुभयो ।
दुर्घटना सँगसँगै चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न बाँकेका विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
सो क्रममा लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारी साधनमाथि विशेष चेकजाँच बढाइएको उहाँको भनाइ छ । बाँके पूर्वमा कुसुम, पश्चिममा मानखोला, उत्तरमा चिसापानी, दक्षिणमा नेपालगन्ज, राँझा चोक र कोहलपुरको चपरगौडी लगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष चेकजाँचको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा जिल्लाका धेरैजसो स्थानमा नियमित चेकजाँच, मापसे जाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने काम भएको शाहले जानकारी दिनुभयो ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६