नेपालगञ्ज ५ असोज ।
बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रूपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मङ्गलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।
समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले नदी, खोला र क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो। टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमा क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा.लि. लगायतको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न रहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो।
५ आश्विन २०७९, बुधबार
प्रतिक्रिया