प्रदेश

राष्ट्रपतिको कदम स्वागत योग्य भन्दै युवा संघको प्रदर्शन




काठमाडौं, ५ असोज । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । युवासंघले बुधबार दिउँसो बानेश्वर माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे ।

संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।
तर एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६