काठमाडौं, ०५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताउनुभएको छ।
प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताउनुभयो । संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताउनुभयो ।
‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । रातको १२ बजेसम्म संविधानको व्यवस्थाअनुसार रोक्ने राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भन्नुभयो, ‘उहाँ राष्ट्रपतिले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो । त्यहीँ विषयमा गठबन्धनमा छलफल गर्यौं ।’ राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डले बताउनुभयो । ‘राष्ट्रपतिको कदम संविधानका विरुद्ध छ, लोकतन्त्रका विरुद्ध छ, गणतन्त्रका विरुद्ध छ र समावेशी समानुपातिक विरुद्ध छ’ प्रचण्डले भन्नुभयो, ‘यो देशका उत्पीडित क्षेत्र वर्ग र समुदायको हक अधिकारका विरुद्ध छ ।’
राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरु सडकमा आन्दोलित भइसकेकाले अब संघर्ष नरोकिने प्रचण्डले बताउनुभयो ।








प्रतिक्रिया