प्रदेश

दशैँका लागि तीन सय सुविधाजनक डिलक्स बस थप्दै व्यवसायी



काठमाण्डौ, ०६ असोज । यातायात व्यवसायीले दशैँका लागि तीन सय नयाँ बस थप्ने भएका छन् । व्यवसायीले दशैँका लागि एसी सुविधा भएका डिलक्स बस थप्न लागेका हुन् । थपिएका यी बस काठमाण्डौ हुँदै लामो दूरीमा चल्ने छन् । यस्तै, केही बस भने पूर्व पश्चिम चल्ने छन् ।

दशैँका लागि थपिएका तीन सय नयाँ बस देशभर चल्ने यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । विशेषगरी यात्रुको बढी चाप भएका ठाउँमा थपिएका बस चलाउने उहाँले जानकारी दिनुभयो । दशैँमा ओहोरदोहोर गर्ने यात्रुको चाप धेरै हुन्छ । त्यसकै लागि व्यवसायीले बस थप्न लागेका हुन् । तर, बस थपे पनि यसपालिको दशैँको यात्रा सहज नहुने आशङ्कामा व्यवसायी चिन्तित छन् । मनसुन नसकिएको र पानी पनि परिरहेकाले यात्रा कष्टकर हुने अनुमान छ ।

वर्षाका कारण बिग्रिएका सडक मर्मत भइसकेका छैनन् । त्यसैले सडककै कारण यात्रा असहज हुने सम्भावना छ । सडककै कारण गाडी बिग्रने र समयमा नै फर्किन नसक्ने हुँदा समस्यामा परेको उहाँले बताउनुभयो । अहिले सबैभन्दा धेरै जोखिम पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा छ ।

सडक फराकिलो र कालोपत्र गर्ने ठेक्कामा लगाएको दुई वर्ष भए पनि अहिलेसम्म सडक चौडा पार्ने काम सकिएको छैन । धेरैजसो पिच भत्किएको छ । खाल्डाखुल्डी सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदा यात्रा कष्टकर छ ।

व्यवसायीले सडकको अवस्थाबारे सडक विभाग र गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् । सडक विभागले दशैँका लागि सकेसम्म सडक मर्मत गरिसक्ने तयारी भएको जनाएको छ । दशैँका लागि अहिलेसम्म २० हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् । गएको १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलेको हो । दशैँमा २० लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने अनुमान छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६