मकवानपुर, ०६ असोज । मकवानपुरको भीमफेदीमा बिहीवार दिउँसो बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो ।
काठमाण्डौबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन् । दुर्घटनाबारे पूरै विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया