प्रदेश

बाणगंगाको बैरिया दुर्गा मन्दिरमा परम्परागत सरायँ नाच हुने



कपिलवस्तु, ०७ असोज । श्री दुर्गा भवानी मन्दिर बैरियामा यो वर्षको वडा दशैको पुर्णिमाको दिन सरायँ नाच हुने भएको छ । दशैँ पूर्णिमाको दिन बाजा गाजा र मालश्री गित संगै दिउसो १ बजे देखि सराय नाच देखाइने मन्दिर व्यवस्थापन सामितिले जानकारी गराएको छ ।

मन्दिर ब्यबस्थापन समितिको विहिबार बसेको बैठकले यो निर्णय गरेको हो । हालै निर्माण गरिएको स्टोर, सौचालय, स्नान घर, कम्पाउण्ड गारो मर्मतको काम पनि सम्पन्न भएको समितिले जानकारी गराएको छ ।

समितिका अध्यक्ष चेतनारायण कंडेलको अध्यक्षतामा भएको उक्त भेलामा नेपाली परम्परागत लोक संस्कृति प्रतिश्ठानका अध्यक्ष बुद्दिशागर बेल्बासेको संयोजकत्वमा लिलापती घिमिरे, ज्ञानु पौडेल, हिमालय भुसाल, कृष्ण प्रसाद घिमिरे, नेहरलाल घिमिरे, टोपकला बि सि, राम प्रसाद गैरे लगायतको सरायँ नाच ब्यबस्थापन उपसमिति, डोलकराम घिमिरेको संयोजकत्वमा शंकर भट्टराई, जितेन्द्र घिमिरे, राजकुमार खाँण, युबराज के सि, बालकुमारी पन्थको स्वयंसेवक परिचालन उपसमिति, चेतनारायण कंडेलको संयोजकत्वमा चुरामणी अधिकारी, देबि प्रसाद भट्टराई, कबिराज गौतम, मोहन गौतम, हिमालय भुसाल, मनिराम बेल्बासे, फर्सुराम पन्तको पुजा समिति, गिता भुसालको संयोजकत्वमा किरण न्यौपाने, सीता रोका,लेखनाथ पौडेल, गन बहादुर क्षेत्रीको प्रसाद निर्माण तथा बितरण उपसमिति देबि प्रसाद भट्टराईको संयोजकत्वमा देबि प्रसाद घिमिरे, नवदत्त घिमिरे, थानेस्वर घिमिरे, घनश्याम घिमिरे कुल प्रसाद ज्ञवालीको आर्थिक समिति लगायत विभिन्न उपसमिति निर्माण तय गरि जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथी वार्ड नम्बर १ का वडा अध्यक्ष सन्जु कुमार शारुले लोक संस्कृति को जगेर्ना मा लाग्नुभएका सबै प्रती सम्मान गर्दै ब्यबस्थापन समितीले चाहेमा दसैमा खेलिने लुठे पिङ्गको ब्यबस्था आफ्नै ब्यातिगत खर्चबाट उपलब्ध गराउने उद्घोष गर्नुभएको थियो।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६