भगवती न्यौपाने
कपिलवस्तु ७ असोज। मंंसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा गठबन्धन हुने बताउदै गठबन्धनको जित सुनिश्चित भएको नेपाल कम्यिुनिष्ट पाटी माओवादीका उपाध्यक्ष्य तथा पुर्व सभामुख कृष्ण बाहादुर महराले बताउनु भएकोछ । गठबन्धन वनाउन नसकेर चुक्ने अवस्था नआउने तर्क गर्नु भयो । चुनावी विषयलाई लिएर दाङ जाने क्रममा वाणगंगा नगरपालिकाको वडा नम्बर ८ बोड्गाउमा पाटीका नेता तथा कार्यकताहरु संग संक्षिप्त भेटघाट गर्दै उहाँले यस्तो बताउनु भएको हो । यसपटकको चुनावमा समानु्पातिक तर्फ उम्मेदवारको सूचीमा पर्नु भएका पुर्व सभामुख महराले पाटीगत रुपमा समाजवाद तर्फ उन्मुख हुने बताउनुभयो।
सो अवसरमा नेपाल कम्युनिष्ट माओावादी केन्द्रका केन्द्रिय सचिव एवम लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेबले गठबन्धनवाट उमेदारको टुङगो अझै नलागेको बताउनु भयो । कपिलवस्तु क्षेत्र नं १ मा माओवादीका तर्फवाट उम्मेदवार सिफारिस हुनु भएका खनालले अघिलो चुनावका बाकि प्रतिबद्धता पुरा गर्ने बताउनु भयो ।उक्त भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रुद्र बन्जाडे,केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज कमल चुदाली,लगायत प्रदेश जिल्ला नेता कार्यकताको उपस्थिति रहेको जिल्ला नेता हुमनाथ पौडेलले जानकारी दिनु भयो ।
७ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया