कपिलवस्तु ८ असोज ।नेकपा एमालेलाई आसन्न चुनावमा बहुमत ल्याउनवाट रोक्न कुनैपनि गठबन्धन कामयावी नहुने एमाले प्रदेश नेता झविलाल पोखरेलले वताउनु भएको छ । एमाले कपिलवस्तुको क्षेत्र नं २ को क्षेत्र , प्रदेश र नगरका पदाधिकारीको बिस्तारित वैठकलाई शुक्रवार मदन आश्रित स्मृति भवन तौलिहवामा संवोधन गर्दै उहाले यस्तो वताउनु भएको हो । पाटी प्रदेश कमिटि सचिवालय सदस्य एवं क्षेत्र नं २ का ईन्चार्ज झविलाल पोख्रेलले मंशिरमा हुने प्रदेश र संघको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भएको छ ।
पाटीको निति सिद्धान्त जनताले मन पराएकोले अहिले मुलुकभर एमाले प्रवेश गर्नेको लहर चलेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै पाटीका जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले सरकारमा रहदा गरेका महत्वपुर्ण कामलाई लिएर गाउँ गाउँ जनसमक्ष जान कार्यकर्तालाई निर्देशन गर्नु भयो । जिल्ला सहचिव एवं क्षेत्रिय अध्यक्ष शुसिला दर्लामीको अध्यक्षता क्षेत्रिय सचिव मिनराज बेल्बासेको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य शान्ति देवी हरिजन , बाबुराम खनाल , धर्म वहादुरलाल श्रीवास्तव , पाटी सचिव सिवी गहतराज लगायतको उपस्थिती रहेको नगर अध्यक्ष श्याम प्रजापतिले जानकारी दिनु भयो । वैठकले निर्वाचन केन्द्रीत योजना समेत बनाएको छ ।
८ आश्विन २०७९, शनिबार
प्रतिक्रिया