जीवनशैली

ओमसतियामा अपाङ्गता परिचयपत्र सम्बन्धि जनप्रतिनिधिहरुलाइ अभिमुखीकरण



भैरहवा ८ आश्विन । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ओमसतिया गाउँपालिकामा रहेको बिभिन्न अपाङ्ग ब्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्न सहज पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । अपाङ्गता अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय महासन्धिहरुमा नेपालले पनि हस्ताक्षर गरेको हुदा यसको पूर्ण परिपालनमा गम्भिर हुनु पर्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो । कतिपय अवस्था अपाङ्गको नाममा गैर अपाङ्ग अथवा अपाङ्गताको गम्भिर श्रेणीमा नपर्नेहरु पनि प्रभावमा पारी परिचय पत्र बनाई दुरुपयोग गरेको हुदा यस्ता गतिविधिबाट जोगिनु पर्ने उनिहरुको धारणा रहेको थियो ।
स्थानिय तहको दोश्रो निर्वाचन पछि पालिकामा नया वडा अध्यक्षहरुलाई अपाङ्गता परिचय पत्र वितरणमा बिशेष ख्याल गर्न सहजकर्ता सावित्रा घिमिरेले आग्रह गरिन । उनले सरकारले अपाङ्गताको परिभाषा र वर्गिकरणलाई फराकिलो बनाउदै १० प्रकारको अपाङ्गताको ब्यवस्था गरिएको जानकारी दिईन ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव ९सोनु० ले नया जनप्रतिनिधि आएपछि अपाङ्गता भएका ब्यक्तिहरुको हितमा काम गरेको बताए । उनले सम्बन्धित वडा वा गाउँपालिकामा आउन नसक्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । अन्य ब्यक्तिहरु सरह अपाङ्ग ब्यक्तिहरुको पनि हक अधिकार भएको र उनिहरुको हक अधिकार प्रति गाउँपालिका सजग रहेको उनले जनाए ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६