प्रदेश

बाबुरामसँगको सहकार्यमा देशलाई समाजवादको नयाँ ‘मोडेल’ दिने प्रचण्डको भनाइ



काठमाण्डौ, ०८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनु भएको छ ।

अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनुभयो । आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उहाँले अब देशमा फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पार्नु भयो ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गर्नु भयो ।

अध्यक्ष दाहालले भन्नु भयो, ‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि अनि हामी अब एकैठाउँमा केन्द्रित हुने हो । चनाव आइनै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय पनि यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन । तपाईहरुलाई के नलागोस् भने यो दुईटा बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको हो । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौं, उहाँले भन्नुभयो किनभने यो परिवर्तनको बाहक हुनुको नाताले, त्यसको नेतृत्वको टिम हुनुको नाताले हामीले त्यसको जियोमेट्रीकल्ली निकै ठूलो हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । र, हामी हिजो पनि एकअर्काको पूरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, व्यहोरा र स्वभावको हिसाबले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरी हामी दुईटा एकठाउँमा हुँदा एकको अभाव अर्कोले पूर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरुले नयाँ समाजवादी मोेडेल तय गरी देशलाई समृद्ध बनाउन पनि सफल हुने जिकीर गर्नु भयो ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६