अर्थ-वाणिज्य

बिश्वमा यति नालायक सत्ता कहिल्यै कहि पनि देखा परेको थिएन : पौडेल




रुपन्देही ८ असोज । पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत निति एवं उसको सत्ता सञ्चालन गर्ने अक्षमता र नालायकिपनका कारण देशको अर्थतन्त्र धाराशाही बन्दै गएको बताउनु भएको छ । उहाले बिश्वमा यति नालायक सत्ता कहिल्यै कहि पनि देखा परेको थिएन भन्दै छिटो देशले मुक्ति चाहेको तर्क गर्नु भयो। पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर नीजि क्षेत्रले भोगेका समस्याहरुलाई समाधान गरि सहि बाटोमा लैजाने क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसंग नभएको आरोप लगाउनु भयो ।

रुपन्देही व्यापार संघको २१ औं बार्षिक साधारणसभाको सनिवार बुटवलमा उद्घाटन गर्दै पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट राष्ट्रलाई नेतृत्व दिन नसक्ने र अर्थतन्त्र धाराशाही बनाउने शक्ति पहिचान गरि मतदान गर्न आग्रह गर्दै अर्थतन्त्रको विग्रदो अवस्थालाई व्यवसायीहरुलाई आंतकित बनाउने मुद्दाका रुपमा प्रस्तुत नगरेर त्यसको समाधान खोज्ने दायित्व बोकेको धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय सदस्य महादेव पोखरेलले राज्यले लिएका कतिपय नीतिहरूका कारण अर्थतन्त्र खुम्चन पुगेको भन्दै सरकारका नीतिहरू अर्थतन्त्रकेन्द्रित हुनुभन्दा निश्चित वर्ग र व्यक्तिकेन्द्रित भएको आरोप लगाउनु भएको थियो । उहाले आर्थिक समृद्धिको दिशामा अगाडी बढ्न र आर्थिक समृद्धिको मुद्दालाई माथि राख्न अनुरोध गर्नु भयो । सभाको दोस्रो सत्रमा भएको बन्दसत्रले महासचिव दयानीधि भण्डारीको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नामदेव पाण्डेको आर्थिक प्रतिवेदन छलफल पश्चायत सर्वसम्मत पारित गरिएको थियो ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६