अर्घाखाँची ९असोज । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले आफु माओवादी केन्द्रका अध्यक्षसंग भेट गरेको र माओवादीमा प्रवेश गर्ने हल्ला झुट्ठा भएको बताएका छन्। सचिव रायमाझीको सचिवालयले एक प्रेस नोट जारी गर्दै रायमाझी माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरुले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपुर्ण प्रचारमा बिश्वास नगर्न आग्रह गरेको छ।आफूले प्रचण्डसंग कहिकतै हिड्दै गर्दा जम्का भेट भएको भए हुन सक्ने तर भेटघाट भने नभएको र आफूले एमाले छाड्ने विषय सपानामा पनि नसोचेको वताए ।
विभिन्न सामाजिक संजालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझी पुनः माओबादीमा फर्कदै र प्रचण्डसंग भेटघाट गरेको भन्ने कु प्रचार गरेको प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता खालका अराजनीतिक, कपोकल्पित समचार र भ्रमका पछाडि नलागी सबै एकतावद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछौं रायमाझीको सचिवालयले भनेको छ।अहिले मेरा बिरुद्ध बिभिन्न षडयन्त्रहरु भएका छन् एमालेमा मेरो सक्रियता र एमाले प्रति जनताको बढदो बिश्वासबाट अत्तालिएकाहरु मेरो बिरुद्ध कु्प्रचार गरेर रमाउन खोजेका छन् यस्तो घृणित कार्यको निन्दा गर्छु रायमाझीले भनेका छन् ।
९ आश्विन २०७९, आइतबार
प्रतिक्रिया