प्रदेश

आँट नभएकाहरुले परमादेशी सरकार बनाएः एमाले उपाध्यक्ष पौडेल



बुटवल ९ असोज । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी चुनावमा एमालेले अत्याधिक बहुमत ल्याउने बताएका छन्।
उनले जनताको अदालतमा आँट नभकाहरुले सर्बोच्चमा मुद्दा हालेर देश लाई धरासायी बनाएर ठगबन्धनको काममा लागेको भन्दै अव भने जनताले बास्तविक देशलाई मायाँ गर्ने पाटी चिनेको बताए।
नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ कमिटिको आयोजानमा बुटवलमा भएको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा लाई संवोधन गर्दै उपाध्यक्ष पौडेलले अहिलेको गठबन्धन सरकारले आर्थिक वृद्धिदर सकारात्मक बनाउनको लागि ठोस पहललगर्न नसकेको बताए।
उनले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसककको बताए। उनले आगामि निर्वाचन समाजवाद, समृद्धि तर्फ लैजाने कि अधोगति तर्फ लैजाने भन्ने कुराको फैसला गर्ने दिन भएको बताए। “ आगामी निर्वाचन मा जनताकोपक्षमा काम गर्ने प्रतिधद्द पार्टि नै नेकपा एमाले हो’ उनले भने।
अहिलेको गठबन्धन नेकपा एमालेलाई एक्लै प्रतिपर्धा गर्न नसकेकपछि गरिएको गठबन्धन रहेको भन्दै उनले देशकै सबैभन्दााबलियो पार्टि नेै नेकपा एमाले नै भन्दै उनले सरकारमा नै बसेर चुनाव लड्न नसकेपछि ठगबन्धन गरिएको बताए।
गठबन्धन को सिद्धान्त मिलेर देश लुट्ने र बाँढेर खाने योजनामा रहेको भन्दै उनले गठबन्धन मा कुनै पनि एजेन्डा नभएको भन्दै उनले घोषाणा पत्र तथा भावि प्रधानमन्त्री को समेत निर्क्यौल गर्न नसक्ने भ्रम मात्रै चिर्ने ठगबन्धन भएको बताएका थिए।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पुर्व मन्त्री भोज प्रसाद श्रेष्ठले आगामी निर्वाचन मा एमालेको बहुमत ल्याउने बताए। यो चुनावमा शत्ता गठबन्धन का विरुद्धमा एमालेको जनलहर सुरुवात भएको भन्दै सोहि अनुसारको तयारी मा पार्टि रहेको बताए।
पार्टिको विचार, दृष्टिकोण , अभियानमा टोल टोलमा गएर संगठन विस्तारमम लाग्न समेत अग्रह गरे। चुनावमा जनताको भरोसाको केन्द्र नै नेकपा एमाले रहेको भन्दै उनले कार्यकर्ता लाई जनताको पक्षमा खरोरुपमा लाग्न समेत आग्रह गरे।
कार्यक्रम मा बोल्दै नेकपाएमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगर पालिका उपप्रमुख सावित्रा अर्याल देश विकासको प्रमुख मेरुदण्ड नै नेकपा एमाले भएको बताउदै आगामी चुनावमा बहुमतको साथ जिताउनु पर्ने बताईन। अहिले देश मात्रै होईन विदेश बाट समेत प्रतिक्रियावादी शक्ति लागिपरेको भन्दै यस्लाई परास्त गर्न सबै लाग्नु पर्ने बताईन।
कार्यक्रममा बोल्दै पार्टीका निर्देशन कमिटिका संयोजक राम प्रसाद खरेल पर्टि सदस्यलाई जोड्ने अभियानको लागि कार्यक्रम आयोजना गरिर्एको जानकारी दिदै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी र बहुमतको पार्टी बनाउने प्रणसमेत गरे।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६