प्रदेश

आचारसंहिता कार्यान्वयनबारे दलसँग निर्वाचन आयोगले छलफल गर्दै



काठमाडौं, ०९ असोज । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउनेरनआउने निश्चित भएको छैन ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६