अजय बर्मा
कपिलबस्तु, ९असोज ।कपिलवस्तुमा कृषि विकास रणनीति अहिले सम्म नवनेको भन्दै तत्काल वनाएर कार्यान्वयनमा जानु पर्ने तथ्य औल्याइएको छ । एक कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यले कपिलबस्तु जिल्लाको आर्थिक समृद्धिका लागि कृषि विकास रणनीति बनाइ ब्यबसायिक कृषि उत्पादनमा राज्यको लगानी वढाउनु पर्ने वताउनु भएको छ । उहाले कृषिजन्य बस्तुको बढ्दो आयात कम गर्न कदम चाल्नुका साथै जिल्लाका निर्यातजन्य कृषि उपजको पहिचान गरी सोहि अनुसारका कृषि कार्यक्रमहरु सन्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै गरी संघ, प्रदेश तथा स्थानीय तह अन्तरगतका विभिन्न कार्यालयहरुबाट प्रबाह हुने कृषि अनुदानका कार्यक्रमहरु दोहोरिने सम्भावना रहने हुदा एकद्वार प्रणालीबाट अनुदानका कार्यक्रम सन्चालन गर्नुका साथै सन्चालित कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा मुल्याङ्कन गर्नु आवश्यक रहेको जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले बताउनु भएको छ ।
षि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा भएको स्थानिय तहका कृषि प्राविधिकहरु संगको अन्तरक्रिया गोष्ठीमा यस्तो वताइएको हो । कार्यक्रम कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा रविन्द्र नाथ चौबेको अध्यक्षता र जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल,लगाएतको आतिथ्यता तथा कृषि अर्थबिज्ञ शिव पुजन गुप्ताको सन्चालनमा भएको थियो ।गोष्ठीमा जिल्लाको १० वटा स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरु तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । कृषि प्राविधिकहरुले आ–आफ्नो कार्य क्षेत्रमा गरेका कामहरुको विवरण पेश गरेका थिए ।
९ आश्विन २०७९, आइतबार








प्रतिक्रिया